|  

भूकम्पका कारण स्नातकको परीक्षा समय १५ मिनेट थपियो

२३ पुस, काठमाडौं । त्रिविको स्नातक तहको प्रथम वर्षको मंगलबारको परीक्षामा १५ मिनेट समय थप गरिएको छ ।

बिहान ७ बजेबाट परीक्षा थियो । तर परीक्षा सुरु हुनुअघि भूकम्प आएपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । त्यसैले परीक्षामा १५ मिनेट समय थप गरिएको हो ।

भूकम्पका कारण केहीबेर प्रभावित भएपनि अहिले परीक्षा चलिरहेको छ । बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प गएको थियो