२३ पुस, काठमाडौं । मंगलबार बिहान नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेका छन् ।