|  

नेपालमा भूकम्पबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण छैनः आपत्कालीन कार्यसञ्चालन केन्द्र

२३ पुस, काठमाडौं । चीन केन्द्रबिन्दु भएर मंगलबार बिहान गएको भूकम्पबाट नेपालमा हालसम्म कुनै मानवीय क्षति नभएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रले एक विज्ञप्तिमार्फत सङ्खुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र पाँचथर जिल्लामा भूकम्पको कडा धक्का महसुस भएको जनाएको छ । यसबाहेक इलाम, झापा, सुनसरी, मोरङ र उदयपुरमा सामान्य धक्का महसुस भएको केन्द्रले जनाएको छ । 

कडा धक्का महसुस भएको जिल्लामा हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । तर केही स्थानमा भवनहरु चर्किएको विवरण भने प्राप्त भएको छ ।