|  

पूर्वी युक्रेनको कुराखोभ सहर पुनः कब्जा गरेको रुसको दाबी

२३ पौष, काठमाडौं । रुसले आफ्नो सेनाले पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको कुराखोभ सहर पुनः कब्जा गरेको दाबी गरेको छ ।

तर, युक्रेनले रुसको यो दाबी अस्वीकार गरेको छ । कुराखोभलाई रणनीतिक दृष्टिकोणले रुस(युक्रेन सीमामा महत्त्वपूर्ण स्थान मानिन्छ । युक्रेनले आइतबार यस क्षेत्रमा जवाफी हमला गरेको थियो, त्यसयता रुस र युक्रेनका सेनाबीच भीषण युद्ध चलिरहेको छ ।