|  

विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन मन्त्री पौडेलको आग्रह 

२३ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने विषयमा दुविधामा नरहन आग्रह गरेका छन् ।

आज गोदावरी नगरपालिका-५ गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अनुगमनका क्रममा उनले यस्तो बताएका हुन् । उनले भने, ‘विश्वविद्यालय बनाउने, एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने कुरा पनि सँगसँगै अगाडि बढाउनुस् । पहिले जे हुन्छ, त्यो गर्दैँ जाउँ पहिला अस्पताल, त्यसपछि एमबीबीस सञ्चालन गर्न मिल्छ ।’

मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका आफ्नै प्रकृया रहेको बताए । अस्पताल, मेडिकल सञ्चालन नभएको ठाउँमा विश्वविद्यालय बन्न गाह्रो हुने उनको भनाई । मन्त्री पौडेलले गेटा अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् । हाल त्यहाँ ५० शय्याको अस्पताल सञ्चालनमा छ ।