|  

बागलुङमा भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवन  हस्तान्तरण

२३ पुस, काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा  निर्माण भएको बागलुङस्थित श्री भीमगिठे माध्यमिक विद्यालयको विद्यालय भवन आज हस्तान्तरण गरिएको छ । ​​

जिल्ला समन्वय समिति, बागलुङका प्रमुख श्री अमर बहादुर थापा, बडिगाड गाउँपालिकाका अध्यक्ष श्रीमती गण्डकी थापा अधिकारी र काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सलर श्री अविनाश कुमार सिंहले संयुक्त रूपमा विद्यालय भवन औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी तथा समाजसेवीहरुको पनि उपस्थिति रहेको थियो । 

 ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग अन्य सहयोगी संरचनासँगै विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो र जिल्ला समन्वय समिति, बागलुङमार्फत कार्यान्वयन गरिएको थियो । 

 जिल्ला समन्वय समिति, बागलुङका प्रमुख, बडिगाड गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर विकास सहयोगको सराहना गरेका थियो ।

 नवनिर्मित संरचना बागलुङस्थित श्री भीमगिठे माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न उपयोगी हुनेछ । साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गरी यस क्षेत्रको शिक्षा क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउँनेछ । 

प्राथमिक विद्यालयका रुपमा श्री भीमगिठे माध्यमिक विद्यालय सन् १९५८ मा स्थापना भई सन् १९६८ मा निम्न माध्यमिक विद्यालयका रुपमा स्तरोन्नत भएको हो । पछि सन् १९८८ मा यो विद्यालय माध्यमिक तहमा स्तरोन्नत भएको हो । विद्यालयले कक्षा १ देखि १२ सम्म अध्यापन गराउँदै आएको छ । विद्यालयमा करिब ७०० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५४ % छात्राहरु रहेका छन् । 

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तार गर्दै नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

No description available.

No description available.