|  

मंगलबार दिउँसो ६ घण्टामा ११० परकम्प !

२४ पुस, काठमाडौं ।  तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पको परकम्प आउनेक्रम जारी छ । 

ठूलो भूकम्प भएकाले त्यसको परकम्प आउनेक्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
केन्द्रका अनुसार मंगलबार दिउँसो साढे १ बजेसम्म ११० वटाभन्दा धेरै परकम्प गएको छ ।

दिउँसो १ बजेसम्म तीन म्याग्निच्युडभन्दा माथिका ११० वटाभन्दा धेरै परकम्प गएको छ । मंगलबार बिहान ६ः५० बजे तिब्बतको दिङ्गी केन्द्रविन्दु बनाएर ७.० म्याग्निच्युडको भूकम्प गएको थियो ।