२४ पुस, काठमाडौं । डडेल्धुरामा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ कालापानी गाँउ बस्ने गणेश मालीको २ वर्ष ५ महिनाकी छोरी रिया मालीको डुबेर मृत्यु भएको हो ।
बालिका आफ्नो घर नजिकै सिँचाइका लागि बनाएको पोखरीमा डुबेर अचेत भएकी थिइन्।उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेका हुन् ।