२४ पुस, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रूपैयाँले बढेको हो। जस अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार प्रतितोला १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।