|  

त्रिवि केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला

२४ पौष, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा एक महिनादेखि ताला लागेको छ ।

पार्किङ शुल्कको विषयमा पाँच विद्यार्थी संगठनले मंसिर २५ मा लगाएका ताला अहिलेसम्म खुलेको छैन । एक महिनादेखि तला लाग्दा दैनिक कामकाज ठप्प भएको छ ।

त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले नेपाल प्रिमियर लिगको पहिलो दिन पार्किङबाट अपारदर्शी ढंगले शुल्क उठाएको आरोपमा पाँच विद्यार्थी संगठनले ताला लगाएका छन् ।

तर, स्ववीयुका पदाधिकारीहरूले आफूहरूले शुल्क नउठाएको दाबी गर्दै आएका छन् । ताला लगाउनेमा अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल छैटौं, अखिल समाजवादी, नेपाल समाजवादी विद्यार्थी युनियन रहेका छन् ।