|  

पहिलो त्रैमासमा मुलुकको जिडिपी ३.४ प्रतिशतमा खुम्चियो

२४ पौष, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी) ३.४ प्रतिशतमा खुम्चिएको छ ।

गत असोजको बाढीपहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिले आर्थिक वृद्धिदर खुम्चिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएकोमा ३.४ प्रतिशत मात्र हासिल भएको हो । अर्थतन्त्रमा योगदान गर्ने विभिन्न १८ क्षेत्रमध्ये १७ वटाको वृद्धिदर धनात्मक छ भने निर्माण क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत तथा ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा धेरै छ । यो क्षेत्र २१.४ प्रतिशतले बढेको छ ।