२४ पौष, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक आगामी माघ ३ गते बस्ने तय भएको छ ।
१० औं राष्ट्रिय खेलकुदको सचिवालय उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले यसबारे जानकारी दिएका हुन् । राखेप बोर्ड बैठकले १० औं राष्ट्रिय खेलकुदमा समावेश गरिने कुल खेल सङ्ख्या टुङ्गो लगाउने भनिएको छ । १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने छ ।