२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्लाहीका नेता तथा कार्यकर्ताहरूले कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।
कांग्रेसबाट निकालिएका स्वतन्त्र सांसद अमरेश सिंहनिकट कांग्रेस कार्यकर्ताहरूले जिल्ला सभापति सिंहलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्नुपर्ने माग गरेका हुन् ।
सर्लाहीको मनुष्मारा सिँचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेकाबेला सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालतबाट दाेषी ठहरसमेत भइसकेको भन्दै बर्खास्तीको माग गरिएको हो ।