|  

जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्न उर्जा मन्त्री खड्काको चुनौति 

२४ पुस, काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौति दिएका हुन् । 

मन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन्।

केही सञ्चारमाध्यमहरुले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताए। उनले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताए। उनले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गरे। उनले केही गर्नखोज्ने मान्छेहरुप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए।