२४ पौष, काठमाडौं । सन २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब १ लाख ८० हजार व्यक्तिको ज्यान गएको छ ।
सन २०२४ मा भारतमा भएका सडक दुर्घटनामा परी करिब १ लाख ८० हजार व्यक्तिको मृत्यु भएको भारतका सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले जानकारी दिए । उनका अनुसार सवारी दुर्घटनामा परी मृत्यु हुनेमध्ये ६६ प्रतिशत १८ देखि ३४ वर्ष उमेर समूहका रहेका छन । मृत्यु हुनेमा करिब १० हजार विद्यालयमा अध्ययनरत छात्रछात्रा रहेको उल्लेख गर्दै उनले विद्यालय तथा अन्य शैक्षिक संस्थाअगाडि यातायातको उचित व्यवस्था नहुँदा मृत्यु भएको बताए ।
गडकरीले मानव जीवन बचाउनका लागि सडक दुर्घटनाका पीडितहरूको नगदरहित उपचारको नयाँ योजना सुरु गरिएको पनि उनले बताए । दुर्घटना लगत्तै २४ घण्टाभित्र प्रहरीमा सूचना जाँदा भर्ना भएका बिरामीको सात दिनको उपचार खर्च वा उपचारको लागि अधिकतम १ लाख ५० हजार भारतीय रुपैयाँ (क हजार ७४७ अमेरिकी डलर) सम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ । सडक दुर्घटनाका घटनामा मृत्यु भएका व्यक्तिका लागि दुई लाख भारतीय रुपैयाँ (दुई हजार ३०० अमेरिकी डलर) पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।