२५ पुस, काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
तराईका धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ।बिहीबार दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली भेगमा बदलीको सम्भावना छ।
त्यहाँ हिमपातको पनि सम्भावना छ । बाँकी स्थानमा मौसम सफा रहने प्रक्षेपण गरिएको छ।