|  

रविको मुद्दामा आज थुनछेक आदेश आउन सक्ने !

२५ पुस, काठमाडौं ।  सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजसम्म थुनछेक आदेश आउने सम्भावना बढेको छ ।

प्रतिवादीतर्फको बहस अन्तिम चरणमा पुगेकाले आज जवाफी बहस सकेर थुनछेक आदेश आउने सम्भावना बढेको हो । सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख, न्यायाधिवक्ता कमला काफ्लेले पनि बिहीबार साँझसम्म अदालतबाट थुनछेक आदेश आउने अपेक्षा गरिएको बताइन् ।

‘आज फर्स्ट आवरमा जवाफी बहस पनि सकिन्छ र साँझसम्म आदेश आउने अपेक्षा हामीले गरेका छौं,’ उनले भनिन् ।  थुनछेकमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश गर्नसक्छ ।

पुर्पक्षका लागि कारागार पठाउने आदेश भएमा रवि आज नै जेल चलान हुनेछन् भने अन्य आदेशमा बाहिरै बसेर मुद्दा लड्न सक्नेछन् ।