|  

काठमाडौंमा बढ्यो चिसो, न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

२५ पुस, काठमाडौं । काठमाडौंमा हिजो अस्तिको तुलनामा बिहीबार बिहान बढी चिसो महशुस भएको छ।

बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेका कारण हिजो अस्तिभन्दा बढी चिसो महशुस भएको हो । बिहीबार बिहान ६ बजे काठमाडौंको न्यूनत तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ।

यो भनेको बुधबारको तुलनामा लगभग दुई डिग्री सेल्सियस कम हो । बुधबार ६.३ डिग्री सेल्सियस मापन भएको थियो । बिहीबार काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ।