२५ पुस, काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आगलागीबाट ५०० बढी संरचना जलेर नष्ट भएको जनाइएको छ ।
त्यस्तै आगलागीले गर्दा १५ लाख मानिस विद्युतविहीन भएका छन्। ७५० भन्दा बढी अग्नि नियन्त्रकहरू हाल इटनमा आगो निभाउने काम गरिरहेका छन् । अहिले आगो १० हजार ६०० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको जनाइएको छ ।
आगो नियन्त्रणमा लिनको लागि अग्निनियत्रकहरु क्यालिफोर्निया र अन्य ठाउँबाट पनि आएका जनाइएको छ।
आगलागी हुरीको कारणले पनि छिटो फैलिरहेको जनाइएको छ। आगो निभाउन अझै केही दिन लाग्न सक्ने सञ्चारमाध्यमहरुमा उल्लेख छ। त्यस्तै आगलागीले १ लाख भन्दा बढी मानिस घर छाडेर भाग्न बाध्य भएका छन् । आगलागीबाट अहिलेसम्म मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
लस एन्जलस काउन्टीमा लगभग दस लाख मानिस बिजुलीविहीन छन् भने नजिकैको ओरेन्ज काउन्टीमा १६२,४२८ ग्राहकहरूले बिजुलीविहीन भएका छन् । मंगलबार राति आगलागी सुरु भएदेखि लस एन्जेलसमा अहिलेसम्म २६,००० एकडभन्दा बढीमा आगो फैलिएको जनाइएको छ।