|  

सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछः सिके राउत

२५ पुस, काठमाडौं ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले दुई दलीय तानाशाही नेपाललाई नचाहिएको बताएका छन्।

धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतायुक्त देशमा सानो समूहको आवाज उठ्न नदिने गरी निर्वाचन कानुन संशोधन गर्दै थ्रेस होल्ड बढाउने तयारी थालिएको भन्दै राउतले सामााजिक सञ्जाल फेसबुकमार्फत् आपत्ति जनाएका हुन्।

‘नेपाल जस्तो धार्मिक, भाषिक, सांस्कृतिक, भौगोलिक र जातीय विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहको आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्दछ ताकि उनीहरूले कम्तिमा आफ्ना समस्या सदनमा राख्न पाऊन्,’ उनले लेखेका छन्,