२५ पुस, काठमाडौं । आन्ध्र प्रदेशको तिरुपति मन्दिरमा बुधबार राति भागदौड मच्चिँदा ६ जनाको मृत्यु भएको छ ।
मन्दिरको बैकुण्ठ द्वारको दर्शनका लागि टोकन वितरण गरिँदै गर्दा भागदौड मच्चिएको हो । यस घटनामा धेरै मानिसहरू घाइते भएको बताइएको छ ।
केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । जनवरी १० देखि सुरु हुने १० दिने वैकुण्ठद्वार दर्शनको लागि यतिबेला तिरुपतिमा भक्तजनको भीड छ ।