|  

रविसहित सातै जनालाई अदालत लगियो, आजै फैसला आउने सम्भावना

२५ पुस, काठमाडौं ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेसहित सातै प्रतिवादीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रवि लामिछाने, छविलाल जोशी, मिना गुरुङ, रामबहादुर खनाल, लीला पछाई, आरती गुरुङ र कृष्णबहादुर गुरुङविरुद्धको मुद्दामा आज सरकारी वकिलको जवाफी बहस हुनेछ ।

यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरूको थुनछेक बहस जारी छ ।