|  

अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृ#त्यु

२५ पुस, काठमाडौं । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ ।

अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको हो । दीक्षा पश्चिम सिड्नीमा रहेको पारामट्टा अपार्टमेन्टको सातौँ तलाबाट खसेकी थिइन् । यो घटना गएको बिहीबार राति १ः४५ तिरको भएको बताइएको छ । प्रहरीले उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

दीक्षाले केहीअघि मात्रै नेपालमा आएर ४० वर्षका लबिन्द्र सुवेदीसँग बिहे गरेकी थिइन् । फोन दीक्षाले किन गरेको भन्ने खुलेको छैन । तर त्यसको केही समयमा एक जना प्रत्यक्षदर्शीले अपार्टमेन्टको बाल्कोनीमा उनी झुन्डिरहेको देखेपछि मद्दतका लागि ट्रिपल जिरोमा फोन गरेका थिए ।

फोन गरेको एक मिनेटमै प्रहरी पुगे । तर उनीहरू आउँदासम्म दीक्षा बाल्कोनीबाट खसिसकेकी थिइन् । प्रहरीले लबिन्द्रका साथै  अपार्टमेन्टका अन्य बासिन्दासँग सोधपुछ गरिरहेको छ। झगडा भएपछि दीक्षा बाल्कोनीमा गएकी थिइन् कि भन्ने तरिकाले पनि घटनालाई हेरिएको छ ।