२५ पाैष, काठमाडाैं । उपनिवेशवादको चपेटामा रहेका मुलुकहरू युद्ध अपुतालीमानै प्राप्त भएको देखिन्छ ।
सीमा सम्वन्धी समस्याको प्रमुख कारण उपनिवेशवाद नै रहेको छ । तालीवान पाकिस्तान भिडन्त यसको प्रतिनिधि उदाहरण हो । भारत विभाजनप हुन भन्दा पहिला नै अफगानीस्तान र भारत विच डुरन सीमा रेखा खिचिएको थियो । भारत विभाजन पश्चात पाकिस्तानको जन्म भयो र पाकिस्तान र अफगानीस्तानको सीमा जोडियो । डोरन सीमा सम्झौता विट्रिश राज्यद्वारा स्थापित गरिएको थियो । डोरन सीमा सम्झौताको उद्देश्य नै आपत्तिजनक थियो । अफगानीस्तानमा रहेका पस्तुन समुदाय लडाका प्रकृती र प्रकृवीका थिए । विट्रिश सम्राज्यवादलाई वारम्वार चुनौती दिने गर्थे । पस्तुन समुदायलाई विभक्त गर्न दोरान सीमा रेखा विट्रिशको एउटा ठुलो षड्यन्त्र थियो । दोरान सीमा सम्झौता अफगानीसतानलाई मान्य रहेको छैन । अफगानीस्तानका पस्तुन समाज ७० को दशकमा विश्वका सर्वाधिक शक्तिशाली राष्ट्र सोभियत रुससंग लडेको इतिहास छ भने शित युद्ध पश्चात अमेरिकासंग समेत लडेको इतिहास रहेको छ ।
अफगानिस्तानका लडाकाहरू गुरिल्ला शैलीको युद्ध कौशलमा दक्ष पाइन्छ । अफगानीस्तानको धरतीबार्ट सोभियत रुस र अमेरिका पराजयले नै यसको लडाका चरित्रको उदाग हुन्छ । अव मौलिक प्रश्न पाकिस्तान र तालीवानको युद्ध हो । सोभियत रुसको विरोधमा अफगानीस्तान भित्र एक त्रीकोणात्मक सामरिक नीति तयार भएको थियो । अर्थात् साउदी अरेबीया, पाकिस्तान र तालीवान लडाका समुह सहितको गठजोडले सोभियत रुस अफगानीस्तानको भुमी छोड्न वाध्य हुनु पर्यो । हात हतियार, डलर र भोग विलाशमा हुर्केका यी लडाकाहरू भित्र नै अनेकौ गुट र उपयुटहरू थियो । यिनीहरू लागु पर्दाथको तस्करमा समेत जोडिएका थिए । अमेरिका र युरोपको बजारमा समेत यिनिहरू पहुच रहेको थियो । अफगानीस्तानमा रहेका लडाका समुहका स्वघोषित अभिभावकको रूपमा पाकिस्तानी खोपिया एजेन्सी आए.एस आए. नै रहेको थियो ।
अफगानिस्तानमा दुईवटा लडाका समुहहरू अब्वल देखिएका थिए । अलकाइदा र अमेरिकाको पेनटागनमा नाइन एलेभेन आक्रमण पश्चात अमेरिकी सेनाले अफगानीस्तानमा आप्mनो सैनिक वर्चस्वलाई बलियो बनाए । अफगानीस्तान भित्र रहेका विभिन्न गुटहरू पाकिस्तान भुमिमा शरण समेत लिएका थिए । आए.एस.आई.को द्वैध चरित्र रहेको थियो । एकातर्फ अमेरिकी पू‘जीको लोभ थियो भने अर्का तरफ लडाका समुहहरूको माझमा आफ्नो पकड बलियो बनाउनु थियो । अमेरिकी सैनिकको लगभग २० वर्षको अफागनीसतानको बसाईको क्रममा अफगानीस्तान समाजिक रुपारन्तरणको बाटोमा थियो । अफागनीसतानी समाजमा आधुनिकीकरणको बवाटोमा यात्रा सुरु गरिसकेका थिए ।
भारतले समेत यो कालखण्डमा अफगानीस्तानको संसद भवनको निर्माणको लागि ड्याम निर्माणको लागि र अन्य समाजिक विकासको लागि ३ विलियन अमेरिकी डलर निवेस गरिसकेका थिए । अफगानीसतानबाट अलकायदा कमजोर हुन वित्तिकै अमेरिका आप्mनो पदचापलाई विस्तारै विस्तारै उठाउदै आप्mनो सैनिकलाई पूर्ण रूपमा फिर्ता लियो । वास्तवमा एक किसिमले अफगानीस्तान बेवारिषी अवस्थामा नै थियो । तालीवान लडाका समुहले अफगानीस्तानलाई पूर्ण रूपमा नियन्त्रण गर्दै सरियत कानुनलाई जीवन पद्वति बनाए ।
तालीवान र भारतको सम्बन्ध पनि रोचक रहेको देखिन्छ । १९ औं सताब्दीमा भारतको यू.पी.को सहारनपुरवाट एक धार्मिक आन्दोलन सुरु भएको थियो । यो आन्दोलनको उद्देश्य मुशलमान धर्म भित्र सुधार गर्नु थियो । यो आन्दोलन कालान्तरमा एक समुदायको रुप लियो जसलाई देबवन्दी भनिन्छ । अफगानीस्तानमा रहेका पस्तुन समुदाय देववन्दीबाट जोडिएको हुंदा उनीहरू भारतलाई पुन्य भूमीको रूपमा ग्रहण गर्दछन् । हुनतः वेला वखतमा आए.एस.आए.ले अफगानीस्तानी लडाकाहरूलाई जेहाद नाममा काश्मिरमा परिचालित समेत गरेको पाइन्छ ।
मुलतः पस्तुन पस्तुन वर्गमा भारत प्रति गहिरो आदर रहेको छ । वर्तमान परिवेश परिवर्तित भएको देखिन्छ । पाकिस्तान भित्र सञ्चालित भईरहेको तहरिके तालिवान पाकिस्तान लडाका समुह अफगानीस्तानमा आफ्नो पकड बलियो बनाएको देखिन्छ । तहरिके तालीवान र तालीवानी समुहहरू प्रमुख एजेण्डा नै पाकिस्तानलाई दवाव दिएर विट्रिशद्वारा खिचिएको सीमा रेखालाई निस्तेज गर्नु हो । यी दुई वटै लडाका समुहहरूलाई बलियो बनाउन पाकिस्तान भित्रै वालुचीस्तान लिबरेशन आर्मी समेत सक्रिय रहेको छ । पाकिस्तानको ४४ प्रतिशत भुमी वालुचीस्तान प्रदेशले ओगोटेको छ । वालुचीसान आर्मी बालुचीस्तानलाई पाकिस्तानबाट विभक्त गराउन आन्दोलन गरिरहेको छ । वालुचिस्तान भित्र रहेका चीनिया लगानीका योजनाहरूमा समेत यिनीहरू आर्कमण गरिरहेको छ । अर्थात् तालीवान, तहरिके पाकिस्तान र वालुचीस्तानको त्रिकोणात्मक गठवन्धको प्रयासले अफागनीस्तानवाट युद्ध मोर्चा सञ्चालन भएको छ भने त्यसको प्रतिउत्तर समेत पाकिस्तानले दिइरहेको अवस्था छ ।
वर्तमान परिवेशमा राजनैतिक अस्थिरता, आर्थिक दिवालीयापन र कमजोर कूटनीतिका कारण पाकिस्तानलाई यो युद्ध कठिन हुने संकेत गर्न सकिन्छ । अर्थात् अफगानीस्तान र पाकिस्तानका भिडन्तको पराकम्पन भारतको सुरक्षामा समेत पर्न सक्ने सम्भावनालाई नर्कान सकिदैन । यसको दुईवटा प्रमुख पक्ष रहेको छ । यो चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिन्छ । आर्थत् भारतको लगानी र भूमिका अफगानीसतानमा आजेपूर्ण रहेको छ । वर्तमान परिवेशमा अमेरिका र रसीयाको यस क्षेत्रमा सघन स्वार्थ रहेको देखिदैन । भारतले आफ्नो क्षेत्रीय सर्माथ्यलाई स्थापित गर्न साउदी अरेवीयाको माध्यमबाट पाकिस्तानलाई दवावमा ल्याउ‘न सक्दछ भने तालीवानी सरकारलाई अधिकारीक स्वीकृती नदिएता पनि भारत सम्नव्यकारी भुमिमा खेल्न सर्मथ देखिएको छ ।अफगानीस्तान र पाकिस्तान विच द्वन्द न्यूनिकरण भएको खण्डमा दक्षिण एसीयाको अमन र शान्तीको लागि यो राम्रो प्रयास हुनेछ ।