२५ पुस, काठमाडौं । नाबालिका बलात्कार आरोपमा पूर्णमान लामा पक्राउ परेका छन् ।
काठमाडौंको शंखरापुर नगरपालिका–१ का पूर्णमान बौद्ध प्रहरीको हिरासतमा छन् ।
उनी नेकपा एमाले काठमाडौं जिल्ला सदस्य हुन् । बलात्कार आरोपमा पुस २२ मा उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले उनलाई निलम्बन गरेको छ ।