|  

शीतलहरले दाउन्नेमा सात किलोमिटरसम्म सवारीको लाम !

२५ पुस, काठमाडौं । बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा आज पनि शीतलहरका कारण आवागमनमा समस्या भएको छ ।

बाक्लो शीतलहरले सडक चिप्लो भएपछि सवारी साधन गुड्न समस्या भएको हो । सडक खण्डमा रातभरको जामले यात्रुहरू हैरान भएका छन् । कतिपय यात्रुहरू राति हिँडेरै गन्तव्यतर्फ गएका छन् ।

बुटवलका खगराज शर्माले दुम्कीबास बर्दघाट आउन झण्डै ११ घण्टा लागेको बताए । बर्दघाट दुम्कीबास खण्ड जम्मा १५ किलोमिटर हो ।

ठाउँ–ठाउँमा चिप्लिएर सवारी साधन आपसमा ठोक्किएका छन् ।  सडकमा दुवैतर्फ पाँच–सात किलोमिटर लामो सवारीको लाइन छ ।