|  

जनयुद्धको रक्षाको लागि माओवादी एक भएर मात्र हुँदैनः विप्लव 

२५ पौष, काठमाडौं । नेकपा कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबले जनयुद्धको रक्षाको लागि माओवादी एक भएर मात्र नहुने बताएका छन् ।

पार्टीको एक कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका महासचिव विप्लवले जनयुद्वको रक्षाको लागि अझै थुप्रै काम गर्न वाकी रहेको बताएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका पुष्पकल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय कमिटी बैठकमा पेश गरेको राजनीति प्रतिवेदनलाई लिएर असन्तुष्टि जनाए । दुवै अध्यक्षको प्रतिवेदन संसदीय गोलचक्करमा घुमेको वताउँदै उनले एकले अर्कोलाई आरोप लगाउने वाहेक केहीपनि नरहेको टिप्पणी गरे । तर माओवादी केन्द्रसँगको एकता प्रक्रियामा भने आफु नरम नै भएको उनको भनाई छ ।

उनले केन्द्रिय समितिको वैठकमा माओवादी केन्द्रले वनाएको कार्यदल स्वागतयोग्य भएको धारणा राखे । यो देशको समृद्धि उत्पादनवाट मात्र सम्भव भएको जिकिर गर्दै उत्पादन र क्रान्तिलाई सँगै लैजानुपर्ने महासचिव विप्लवको जोड छ । उनले आफ्नो पार्टी अहिले उत्पादनवाट नै आत्मनिर्भर भईसकेको र दुई वर्षभित्र उत्पादनको क्रान्ति नै हुने विश्वास व्यक्त गरेका छन ।