२५ पौष, काठमाडौं । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको छ ।
राजमार्गमा गाडिएको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै भएको मोरङका प्रहरीले जनाएको छ । आज बिहान जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहैँचा-७ को मालती पुल आसपास द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै सूचना आएपछि नेपाली सेना र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो ।