|  

साना राजनीतिक दलहरूले देश बनाउन सक्दैननः महासचिव पोखरेल

२५ पौष, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले साना राजनीतिक दलहरू नभई बलिया राजनीतिक दलहरूले मात्रै देश बनाउन सक्ने बताएका छन् । 

आज एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्ववियु निर्वाचनका सन्दर्भमा आयोजित राष्ट्रिय कार्यशालामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । बलिया राजनीतिक दलहरूले मात्रै बनाउन सक्ने भएकाले सोहीअनुरूप जनमतलाई धु्रविकृत गर्न जरुरी रहेको उनको भनाई छ ।

उनले मुलुकमा विकासको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको जिकिर गरे । देशको कुनै पनि विकासका सन्दर्भमा भिजनरी लिडरसिप, स्ट्रङ पोल्टिकल पार्टी, पोल्टिकल स्टाब्लिटी जरुरी रहेको र त्यो नेकपा एमालेसँग मात्रै रहेको बताए ।