|  

माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेटवार्ता 

२५ पौष, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको हो । दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।