|  

महेन्द्र राजमार्ग नजिक भेटिएको विस्फोटक उपकरण सेनाद्वारा निष्क्रिय 

२५ पौष, काठमाडौं । मोरङको सुन्दर हरैचा नगरपालिका वडा नं. ७ स्थित महेन्द्र राजमार्गको मालती पुल नजिक भेटिएको आइईडी (विस्फोटक उपकरण) निष्क्रिय पारिएकाे छ ।

त्यहाँ विस्फोटक उपकरण रहेको खबर प्राप्त हुनासाथ परिचालित नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त स्थानमा गई खोजतलास गर्दा चार वटा ग्यास सिलिन्डर फेला पारेको थियो । जसमध्ये २ वटा सिलिन्डरमा आइईडी रहेको यकिन भएपछि नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको हो ।