|  

एकता दिवस मनाउन हिनताबोध गर्नेहरूले राज्य चलाउन सक्दैनन्ः राजेन्द्र लिङदेन 

२५ पौष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले एकता दिवस मनाउन हिनताबोध गर्नेहरूले राज्य सञ्चालन गर्न नसक्ने बताएका छन् ।

राष्ट्रिय एकता दिवसका सन्दर्भमा नेपाल प्राज्ञिक परिषद्ले आज काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । पृथ्वी जयन्ती तथा एकता दिवसको सरकारी तवरबाट कुनै कार्यक्रम आयोजना नगरेकोमा उनले आपत्ति जनाए । पृथ्वी जयन्ती तथा एकता दिवसलाई क्यालेण्डरमा समावेश गर्न राप्रपाले सौदाबाजी गर्नुपरेको भन्दै लिङदेनले नेपाल भन्ने देश बनाएकै कारण राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगाएत विभिन्न पदमा पुग्ने अवसर प्राप्त भएको कुरा नभुल्न सुझाव दिए ।

उनले देशको निर्माणमा पृथ्वीनारायण शाहको नेतृत्व र पुर्खाको योगदान रहेपनि पछिल्लो समय यसलाई गलत व्याख्या गर्ने र विभाजित गर्ने प्रयास भइरहेको जिकिर गरे ।