|  

छविलाल जोशीसँग ८८ लाख धरौटी माग, अरुलाई कति ?

२५ पुस, काठमाडौं ।  सूर्यदर्शन सहकारी ठगी मुद्दामा छविलाल जोशीलाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरेको छ। जोशी रवि लामिछानेका व्यापारिक साझेदार हुन्।

उनीसहित रवि लामिछानेलाई पनि धरौटी माग गरेको हो। लामिछानेसँग ६५ लाख धरौटी माग गरेको छ। 

रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३६ लाख, मीना गुरूङसँग ५ लाख, आरती गुरूङसँग ५ लाख र कृष्णबहादुर गुरूङसँग एक लाख धरौटी माग गरेको हो।

उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको थियो। सहकारी ठगीमा छविलाल जोशीविरूद्ध ५ करोड २६ लाख ६५ हजार रुपैयाँ बिगो माग भएको थियो।