|  

रवि लामिछानेलाई छाड्न आदेश आएपछि पोखरामा नाराबाजी

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी बचत अपचलन मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश नितीज राईको इजलासले करिब तीन महिनासम्मको अनुसन्धान र थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

लामिछाने रिहाइको आदेश आएसँगै रास्वपा समर्थकहरूमा उत्साह देखिएको छ ।

आदेशलगत्तै पोखरामा रहेका रास्वपाका नेता-कार्यकर्ताहरूले खुशी मनाएका छन् । अदालत बाहिर भेला भएका कार्यकर्ताले ‘रवि दाइ हाइ हाइ,’ ‘यो जित कसको? जनताको !’, ‘कास्की अदालत हाइहाइ’ जस्ता नारा लगाएका छन् । उनीहरुले न्यायाधीशलाई पनि धन्यावाद दिइरहेका छन् ।

पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, सांसद सोभिता गौतम, प्रवक्ता मनिष झा लगायतका नेता कास्की पुगेका छन् ।