२५ पुस, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं ३ लाख धरौटीमा छुटेका छन्।
आपराधिक लाभ र संगठित अपराध मुद्दामा उनीसँग जिल्ला अदालत काठमाडौँले ३ लाख धरौटी लिएर छाड्न आदेश गरेको हो।
यसअघि सर्वोच्चले उनीमाथिको अनुसन्धान बदनियतपूर्ण भनेको थियो। साथै प्रवृत्त भावनाका साथ अनुसन्धान अघि बढाइएको भन्दै सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो।