|  

रवि लामिछाने धरौटी बुझाएर रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने

२५ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।

अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । 

साथै, लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासत मुक्त गरेको छ ।

उनलाई पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात प्रहरीले प्रक्रिया पुर्याएर परिवारलाई जिम्मा लगाउने बताएको छ ।  उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।