|  

 रवि, छवि र रामबहादुरले बुझाए धरौटी

२५ पुस, काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रास्वपा सभापति रवि लामिछानेसहित छविलाल जोशी र रामबहादुर खनालले  धरौटी बुझाएका छन् ।

लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् । अदालतले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र  खनालसँग १५ लाख धरौटी माग गरेको छ ।

यस्तै लिला  पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेकोमा उनले शुक्रबार बुझाउने बताइएको छ ।