२६ पुस, काठमाडौं । अमेरिकाको क्यालिफोनिर्याको लस एन्जलस सहरमा केही दिनदेखि जङ्गली डढेलो सल्किरहेको छ ।
सहरी बस्तीसम्म आइपुगेको यो डढेलो अमेरिकी इतिहासकै सबैभन्दा महँगो डढेलोमध्ये एक भएको विज्ञहरूले बताइरहेका छन् । अहिलेसम्म डढेलोका कारण भएको क्षति ५० अर्ब डलरभन्दा माथि पुगिसकेको विज्ञहरू बताउँछन् ।
निजी प्रक्षेपणकर्ता एक्यूवेदरको प्रारम्भिक प्रक्षेपणअनुसार डढेकोका कारण भएको क्षति ५२ अर्ब डलरदेखि ५७ अर्ब डलरको बीचमा छ । डढेलोले अमेरिकामा सबैभन्दा महँगो मानिएको स्थानको घरहरूसमेत जलाएर खरानी बनाएको छ ।
अहिलेसम्म यसमा परेर झन्डै २ हजार घर जसिलसकेका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । अधिकारीहरू आगो निभाउन प्रयासरत रहेको भएपनि डढेलो निभ्न सकेको छैन ।