|  

अझैँ धेरै लडाइँ बाँकी नै छः रवि लामिछाने

२६ पुस, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धेरै लडाईं लड्न बाँकी रहेको प्रतिक्रिया दिएका छन् ।

धरौटी रकम बुझाएर थुनामुक्त भएपछि भिडियो सन्देशमार्फत् लामिछानेले यस्तो बताएका हुन् ।

‘मैले बोल्ने समय आएपछि नबोल भने पनि बोलौँला,’ उनले भनेका छन्, ‘धेरै लडाईं बाँकी नै छ ।’
उनले आफूलाई माया गर्ने सबैलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।