२६ पुस, काठमाडौं । भेनेजुएलामा विपक्षी दलकी नेतृ मारिया कोरिना मचादोलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार राजधानी काराकसमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएर निस्कने क्रममा सुरक्षा बलले उनलाई पक्राउ गरेको हो । राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने मागसहित गरिएको विरोध प्रदर्शनमा सहभागी हुन कयौं महिनापछि माचादो सार्वजनिक रुपमा देखा परेकी थिइन् ।
बिदा भएर माचोदा निस्किएपछि के भयो भन्ने थाहा हुन सकेको छैन । तर मोटरसाइकलमा चढेर उनी निस्किने क्रममा गोली प्रहार भएको र उनलाई बलजफ्ती समाताएिको खबरहरू आइरहेका छन् ।