२६ पुस, काठमाडौं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगोबाट अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।
लस एन्जलसका मेयर करेन बासले पश्चिमी पहाडहरूमा नयाँ आगो सुरु भएको र तीव्र हावाका कारण आगो छिटो फैलिन सक्ने बताएकी छन् । उनले मानिसहरूलाई प्रशासनको आदेश पालना गरेर ठाउँ खाली गर्न अपील गरेकी छन् ।
प्यालिसेड्सको आगो १९,००० एकडभन्दा बढीमा फैलिएको छ। यसका कारण ५३०० भन्दा बढी घर वा भवनहरू ध्वस्त भएका छन् । अग्नि विभाग प्रमुखले भेन्चुरा काउन्टीमा नयाँ आगलागी भएको बताएका छन्।
यहाँ आगो ५० एकड क्षेत्रफलमा फैलिएको छ। यसलाई निभाउन ६० भन्दा बढी दमकल पठाइएको छ।केनेथमा पनि नयाँ आगलागी भएको छ। त्यहाँको आगो पनि ८०० एकड क्षेत्रफलमा फैलिएको छ।