२६ पुस, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले भोलि रातिदेखि पानी पार्ने प्रणाली भित्रिने जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस्तै पर्सि आइतबार मधेश प्रदेशबाहेक देशका धेरै ठाउँमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । आइतबार रातिदेखि पानी पार्ने प्रणाली कमजोर बन्ने र सोमबारदेखि मौसममा सुधार हुने छ ।