|  

पाँच संसदीय समितिको बैठक बस्दै

२६ पुस, काठमाडौं ।  आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसमा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक २०८१ माथि दफावार छलफल हुँदैछ ।

यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्नेछ। बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुँदैछ ।

यता  बिहान ११ः०० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको संविधानको धारा २६५ मा गठन भएका आयोगहरुको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि पुनरवलोकन गर्नेछ । संवैधानिक व्यवस्था रहेकाले सोसम्बन्धी आयोगको धारणा सम्बन्धमा छलफल हुँदैछ ।

आजै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । बिहान ११ः०० बजे बस्ने बैठकमा समानुपातिक प्रतिनिधित्वको वर्तमान अवस्था र कार्यान्वयनको मूल्याङ्कन सम्बन्धमा छलफल हुने भएको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।