|  

सुमनाको प्रशंसा गर्दै मन्त्री भट्टराईले भनिन्-‘धेरैले बिर्सिसकेको मन्त्रालय चिनाउनुभयो’

२६ पुस, काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कर्मचारी खुला नभएको अनुभूति गरेकी छिन् ।

बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टराईले यस्तो अनुभूति भएको बताएकी हुन् । राजनीतिक दलहरूको प्राथमिकतामा नपर्ने गरेको शिक्षा मन्त्रालयमा अहिले ‘भाइब्रेन्ट’ भइरहेको निष्कर्ष मन्त्री भट्टराईको छ । पुर्व शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रालयलाई पुनः स्मरणमा ल्याएको प्रशंसा गर्दै मन्त्री भट्टराईले भनिन्, ‘ठूला पार्टीले नलिने मन्त्रालय हो, शिक्षा । ठूला दलले लामो समय छोडेको मन्त्रालय हो । यो मन्त्रालय धेरैले बिर्सिसकेका थिए,,अघिल्लो मन्त्रीले चिनाउनुभयो । अब मैले शिक्षालाई बदल्न सुरु गरेको छु । सुधार गरौं भनेर काम गरिरहेको छु ।’

त्यसपछि मन्त्री भट्टराईले आफूले ६ महिनामा गरेको कामको प्रगति विवरण प्रस्तुत गरेकी थिइन ।