२६ पुस, काठमाडौं । अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका गरेको फिल्म ‘भूठान’ आगामी वैशाख १२ देखि प्रदर्शनमा आउने भएको छ ।
विनोद पौडेलको निर्देशन रहेको यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीसहित हलिउड अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।