२६ पुस, काठमाडौं । इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इन्द्रेश्वर माध्यमिक विद्यालयलाई सहयोग प्रदान गरेको छ ।
पुस २१ गते शैक्षिक सहयोगका लागि आयोजित एक विशेष कार्यक्रममा इसेवा मनी ट्रान्सफरका प्रतिनिधिहरूले विद्यालयका प्रमुख कमल केसीलाई जुत्ता र मोजा हस्तान्तरण गरेका हुन् ।
यस सहयोगअन्तर्गत विद्यालयमा अध्ययनरत १२६ विद्यार्थीहरूले जुत्ता र मोजा प्राप्त गरे जसले विशेष गरी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा लाभ पुर्यायो ।
सन् २००८ मा स्थापना भएको काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका-७ मा अवस्थित इन्द्रेश्वर माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनी ट्रान्सफरले परम्परागतसँगै डिजिटल माध्यमबाट पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।