|  

नेपाल फर्किएर लगानी गर्न बेलायतमा रहेका नेपालीलाई डा.कोइरालाको आग्रह

२६ पाैष,काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला यतिबेला बेलायत भ्रमणमा छन् ।

उनी बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री क्याथराइन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्य मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा बेलायत गएका हुन् । बेलायमा सञ्चारकर्मीसँग उनले आफु नेपालका सांसदको हैसियतले बेलायत आएको भन्दै यहाँको संसदसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहने बताए । उनले बेलायतमा बस्दा नेपाली कांग्रेसका कार्यकर्ताका विषयमा मात्रै नभई डायस्पोरामा रहेका नेपालीहरूको समस्याबारे पनि जानकारी लिने बताएका छन् ।

बेलायतमा रहेका नेपालीलाई नेपाल फर्केर व्यवसायमा लगानी गर्न उनको आग्रह छ । उनले १३ जनवरी २०२५ मा संसद् भवनभित्र एक विशेष कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सो कार्यक्रममा बेलायतका एशिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्री तथा बेलायती सांसदहरूको उपस्थिति रहने बताइएको छ ।

कोइरालाले आज नेपाली दूतावास लण्डनद्वारा आयोजित कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया गर्नेछन । कोइरालाले बेलायतमा रहँदा बेलायती सभामुखसँग भेट गर्ने, अलपार्टी पार्लियामेन्टरी समूह बैठकमा सहभागी हुने र अन्य नेपाली समुदायमा आयोजित विभिन्न महत्वपूर्ण कार्यक्रमहरूमा पनि भाग लिनेछन । उनी आगामी १६ जनवरी, आज नेपाल फर्कने कार्यक्रम तय गरिएको छ ।