२६ पुस, काठमाडौं । लेबनानको राष्ट्रपतिमा प्रधान सेनापति जोसेफ आउन निर्वाचित भएका छन् ।
उनलाई लेबनानको संसदले राष्ट्रपति चयन गरेको हो । १ सय २८ सदस्य संसदबाट उनले ९९ मत ल्याएर दोस्रो चरणमा राष्ट्रपती हुन पाएका हुन । राष्ट्रपतिमा चयन भएसँगै उनले प्रधान सेनापतिबाट राजीनामा दिएका छन ।
जोसेफको आगमनले युद्धविरामलाई सहज हुने बताइएको छ । हेजबुल्लाको आफ्नै सैन्य दस्ता र सत्ता भएको लेबनानमा जोसेफको आगमनले सन २०२४ नोभेम्बर २७ मा भएको युद्धविरामले पूर्णता पाउने बताइएको छ । हेजबुल्लाले सुलेमन फ्रेन्जिअलाई समर्थन गरेको थियो । तर, उनले पनि अन्तिममा जोसेफलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिएका थिए । जेसेफ सन २०१७ बाट लेबनानको प्रधान सेनापति छन ।