२६ पुस, काठमाडौं । रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आएका जङ्गली हात्तीका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन ।
हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, वृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडाका मकैबारी, केराबारी, आलुबारी, गहुँबारीमा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन । अघिल्ला वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो मच्चाइरहेको स्थानीयहरुको गुनासो छ । हात्तीको बथानले बाली मात्र हैन घर नै भत्काउन थालेका छन् ।