२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आउँदै छन् ।
पोखराबाट काठमाडौं आउन हवाई जहाजको टिकट नपाएपछि उनी सडकमार्ग भएर काठमाडौं आउँदै गरेको स्रोतले जनाएको छ ।
सभापति रवि लामिछाने आज शुक्रबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भन्दै सडक मार्गबाट काठमाडौं हिँडिसक्नु भएको छ । ’स्रोतले भने, ‘उहाँ जसरी पनि काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित हुनुहुने छ ।’
तर, लामिछाने पोखराबाट आउन ढिला हुने अवस्थामा आइतबार मात्रै अदालत उपस्थित हुने योजना रहेको उनको सचिवालयको भनाइ छ ।